दफा
कोष स्वशासित संस्था हुने :

(१) कोष अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था हुनेछ ।
(२) कोषको सवै काम कारवाहीको निमित्त आफ्नोएउटा छट्टै छाप हुनेछ ।
(३) कोषले व्यक्ति सरह चल अचल सम्पति प्राप्त गर्न, उपभोग गर्न, बेचविखन गर्न वा अन्य किसिमल व्यवस्था गर्न सक्नेछ ।
(४) कोषले व्यक्ति सरह नालिस उजुर गर्न र कोषउपर पनि सोही नामबाट नालिस उजुर लाग्न सक्नेछ ।